images
images

मौसम पूर्वानुमान : साउन महिनाको पहिलो तीन दिन कुन कुन प्रदेशमा छ भारी बर्षा र बाढी पहिरोको जोखिम ?

मौसम पूर्वानुमान : साउन महिनाको पहिलो तीन दिन कुन कुन प्रदेशमा छ भारी बर्षा र बाढी पहिरोको जोखिम ?

मंगलवार, साउन १ २०८१
मंगलवार, साउन १ २०८१
  • मौसम पूर्वानुमान : साउन महिनाको पहिलो तीन दिन कुन कुन प्रदेशमा छ भारी बर्षा र बाढी पहिरोको जोखिम ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। 

    images
    images
    images
    images

    हाल देशभर साधारणतया बदली रहि मधेश, बागमती, गण्डकी  प्रदेशका केही र  कोशी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । 

    मंगलबार दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा मधेश, कर्णाली  र  सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एकदुई  स्थानमा  भारी  वर्षाको सम्भावना रहेको छ।

    राती ː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी  र सुदूर पश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।


    २ गते (बुधबार)

    दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

    ३ गते (विहिबार)

    दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी,बागमती,कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती र कोशी प्रदेशको एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

     रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश र बाग्मती  प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी 

    देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशभरका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बाग्मती, गण्डकी  र सुदूर पश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार