images
images

उद्योग र श्रममन्त्री भण्डारीसँग सीएनआईको छलफल : दुई मन्त्रीले सुनाए बिग्रिएको अर्थतन्त्रलाई सुधार्ने योजना

उद्योग र श्रममन्त्री भण्डारीसँग सीएनआईको छलफल : दुई मन्त्रीले सुनाए बिग्रिएको अर्थतन्त्रलाई सुधार्ने योजना

शुक्रवार, साउन ४ २०८१
शुक्रवार, साउन ४ २०८१
  • images
    images
    उद्योग र श्रममन्त्री भण्डारीसँग सीएनआईको छलफल : दुई मन्त्रीले सुनाए बिग्रिएको अर्थतन्त्रलाई सुधार्ने योजना
    images
    images

    काठमाडौँ / नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग छुट्टाछुट्टै छलफल गरेको छ । आज शुक्रबार मन्त्रीद्वयलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिएको हो । 

    images
    images

    परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले निरन्तर घट्दो अर्थतन्त्रलाई माथि उकास्न औद्योगिक उत्पादन, निर्माण क्षेत्र र थोक तथा खुद्रा क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । 

    यी क्षेत्रमा आएको निराशाका कारण समग्र अर्थतन्त्र संकुचित भएको उनले बताए । युवा जनशक्तिलाई पलायन हुनबाट रोक्न मुलुकमा औद्योगिकरणलाई बढावा दिइनुपर्ने उनको भनाई छ । 

    शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र लगानी गर्न सक्ने विश्वासको वातावरण बनाइनुपर्ने उनले बताए । सो अवसरमा उद्योग मन्त्री दामोदर भण्डारीले कोभिड १९ पछि विग्रिएको अर्थतन्त्रलाई जसरी पनि उकास्नुपर्ने बताए । 

    प्रधानमन्त्रीले महसुस हुनेगरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएको जानकारी दिँदै उनले अर्थतन्त्रको सुधार उच्च प्राथमिकतामा रहेको जिकिर गरे । साथै, उनले निजी क्षेत्रलाई स्पष्ट रूपमा समस्या र समाधानको उपाय दिन आग्रहसमेत गरे ।

    यसैगरी, श्रममन्त्री सरतसिंह भण्डारीले यो सरकारप्रति आशा र भरोसा रहेको बताउँदै सोही रूपमा काम हुने बताए । मन्त्री भण्डारीले आफूले यसअघि राखेका योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने समेत बताए । 

    सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, भीम घिमिरे, उद्योग समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, रोजगारदाता परिषद् सभापति धु्रब रिजाल, महानिर्देशक डा. घनश्याम ओझालगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार