images
images

द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते

द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते

बुधवार, साउन ९ २०८१
बुधवार, साउन ९ २०८१
  • द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते

    हेटौँडा / मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    आज दिउँसो मकवानपुरको बकैया–१२ स्थित चालिसेडाँडामा काम गर्ने क्रममा ढुङ्गा लागेर बारा निजगढका अन्दाजी २७÷२८ को विमल थिङको ज्यान गएको र उहाँसँगै काम गर्ने तनहुँका अन्दाजी २७÷२८ वर्षीय राजु विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    थिङको घटनास्थलमै ज्यान गएको थियो । गम्भीर घाइते विकको हेटौँडा–११ मा रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार