images
images

प्रभु बैंकले एकै दिनमा बाग्लुङमा विस्तार गर्यो ४ ओटा शाखा, बैंकिङ्ग पहुँचमा बृद्धि हुने विश्वास

प्रभु बैंकले एकै दिनमा बाग्लुङमा विस्तार गर्यो ४ ओटा शाखा, बैंकिङ्ग पहुँचमा बृद्धि हुने विश्वास

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • प्रभु बैंकले एकै दिनमा बाग्लुङमा विस्तार गर्यो ४ ओटा शाखा, बैंकिङ्ग पहुँचमा बृद्धि हुने विश्वास

    प्रभु बैंक लिमिटेडले एकै दिनमा चार ओटा शाखा विस्तार गरेको छ । बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज (सोमबार)देखि बाग्लुङ जिल्लाको विभिन्न स्थानमा चार ओटा शाखा विस्तार गरेको हो । 

    images
    images

    बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बाग्लुङमा गरी बैंकले आजदेखि थप चार ओटा नयाँ शाखाबाट सेवा सञ्चालन गरेको हो । 

    उक्त शाखाहरूको उद्घाटन बैंकका संस्थापक अध्यक्ष देवी प्रकाश भट्टचनले गरेका हुन् । व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । 

    प्रभु बैंकको सो अभियानले देशभरी नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको संस्थाक अध्यक्ष भट्टचनले बताए ।
    बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले आधुिनक बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास रहेको बैंकले जनाएको छ । 

    त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१३ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार