images
images

प्रभु बैंक र -याडिसन होटलबिच सम्झौता, कर्मचारी र ग्राहकहरूले विशेष छुट पाउने

प्रभु बैंक र -याडिसन होटलबिच सम्झौता, कर्मचारी र ग्राहकहरूले विशेष छुट पाउने

मंगलवार, साउन १५ २०८१
मंगलवार, साउन १५ २०८१
  • प्रभु बैंक र -याडिसन होटलबिच सम्झौता, कर्मचारी र ग्राहकहरूले विशेष छुट पाउने

    काठमाडौँ / प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरूलाई लाजिम्पाट, काठमाडौँस्थित -याडिसन होटल, काठमाडौँसँग होटलका विभिन्न सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ । -याडिसन होटल, काठमाडौँ एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढी समय देखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रूपमा टेवा दिइरहेको एक अग्रणी पाँच तारे होटल हो ।

    एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा -याडिसन होटल, काठमाण्डौंका तर्फबाट निर्देशक (फुड एण्ड वेभरेज) केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरे । 

    सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरू मध्ये खाना, पेस्ट्री सप, ट्राननक्युलिटी स्पाका साथै  –याडिसन होटल काठमाडौँले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरूबाट १० देखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् । 

    ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

    साथै, प्रभु बैंक, छोटो समयको अन्तरालमानै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट समेत सम्मानित भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार