images
images

नबिल बैंकको वार्षिक वित्तीय विवरण : नाफा १०.२३ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

नबिल बैंकको वार्षिक वित्तीय विवरण : नाफा १०.२३ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • नबिल बैंकको वार्षिक वित्तीय विवरण : नाफा १०.२३ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

    काठमाडौँ / नबिल बैंक लिमिटेडले आर्थिक बर्ष २०८०/८१ मा ७ अर्ब भन्दा बढी नाफा आर्जन गरेको छ । 

    images
    images

    बैंकले सावैजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले एक बर्षको अवधीमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले यो आर्थिक बर्षमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो। 

    बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ हरेको छ भने जगेडा कोषमा ३२ अर्ब ५१ करोड रुपैयाँ छ। बैंकले १६.४४ प्रतिशत निक्षेप बढाएको छ भने कर्जा १२.९४ प्रतिशत बढेको छ। बैंकको प्रोजिन शुल्क ३ अर्ब २२ करोड भएको छ।

    यता, खुद ब्याज आम्दानी सामान्य घटे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको छ । समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०४ प्रतिशत बढेको छ।

    त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६.०२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशत झरेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब २२ करोडमा सीमित भएको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४२ पैसा बढेर २६ रुपैयाँ ९ पैसा पुगेको छ। 

    असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २०।०८ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार