images
images

एक बर्षमा माछापुच्छ्रे बैंकले कमायो १ अर्ब २५ करोड रुपैयाँ, अन्य सूचक कस्तो छ ?

एक बर्षमा माछापुच्छ्रे बैंकले कमायो १ अर्ब २५ करोड रुपैयाँ, अन्य सूचक कस्तो छ ?

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • एक बर्षमा माछापुच्छ्रे बैंकले कमायो १ अर्ब २५ करोड रुपैयाँ, अन्य सूचक कस्तो छ ?

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेड (MBL)ले गत आर्थिक बर्ष (आव) २०८०/८१ मा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

    images
    images

    बैंकले सोमबार प्रकाशित गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले एक बर्षमा १ अर्ब २५ करोड १ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको हो ।

    अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने बैंकको यस्तो नाफा १ अर्ब ६२ करोड ५५ लाख २५ हजार रुपैयाँ कमाएको थियो । जसका आधारमा समीक्षा अवधिमा माछापुच्छ्रे बैंकको नाफा ३७ करोड ५३ लाख ५८ हजार रुपैयाँ अर्थात २३.०९ प्रतिशतले कम हो ।

    बैंकको खुद ब्याज आम्दानी, नेट फि तथा कमिसन आम्दानी र कुल सञ्चालन आम्दानी घटेसँगै बैंकको नाफामा दबाब पुगेको हो । समीक्षा अबधिमा माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशतले घटेको हो । 

    अघिल्लो बर्षको असार मसान्तसम्म ५ अर्ब ९० लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस बर्ष असार मसान्तसम्म भने ५ अर्ब ३७ करोड २३ लाख ९९ हजार रुपैयाँमा सीमित गरेको हो । 

    त्यस्तै, बैंकले गत असार मसान्तसम्म १ अर्ब ८ करोड ७६ लाख २६ हजार रुपैयाँ नेट फि तथा कमिसनमार्फत कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ४.९३ प्रतिशतले कम हो । 

    यता कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा पनि क्रमशः ७.११ र १७.९७ प्रतिशतले घटेर ६ अर्ब ३७ करोड ८८ लाख रुपैयाँ र १ अर्ब ९५ करोड २७ लाख ३५ हजारमा झरेको छ । 

    यस अवधिमा बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ।

    खराब कर्जा बढेको भए पनि बैंकले इम्पेरमेन्ट चार्जलाई भने १ अर्ब ७ करोड २१ लाख ९९ हजार रुपैयाँमा सीमित राखेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ।

    समीक्षा अवधिमा बैंकको इपिएस १०.७६ रुपैयाँ रहेको छ भने पिइ रेसियो १८.५९ गुणा रहेको छ । त्यस्तै, नेटवर्थ प्रतिसेयर १४८ रुपैयाँ ८० पैसा रहेको छ ।

    अघिल्लो बर्षको असारमा भने १५९ रुपैयाँ १० पैसा रहेको थियो। सिडी रेसियो ८३.३२ गुणा रहेको माछापुच्छ्रे बैंकको बेसरेट ८.२६ र इन्ट्रेस्ट रेट ३.९८ प्रतिशत रहेको छ । 

    एक बर्षमा बैंकको चुक्ता पुँजी १३.३० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो बर्षको असारमा १० अर्ब २५ करोड ७१ लाख ५५ लाख रुपैयाँ रहेको चुक्ता पुँजी गत असारसम्म बढेर ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । 

    त्यस्तै, बैंकले १ खर्ब ५७ अर्ब ९४ करोड १८ लाख २० हजार रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब २७ अर्ब १० करोड ६७ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत बर्षको तुलनामा बैंकको निक्षेप २.४४ प्रतिशत र  कर्जा ०.७७ प्रतिशतले बढेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार