images
images

एक बर्षमा सिद्धार्थ बैंकले कमायो ३ अर्ब १ करोड नाफा, यस्तो छ बैंकको वित्तीय अवस्था

एक बर्षमा सिद्धार्थ बैंकले कमायो ३ अर्ब १ करोड नाफा, यस्तो छ बैंकको वित्तीय अवस्था

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • एक बर्षमा सिद्धार्थ बैंकले कमायो ३ अर्ब १ करोड नाफा, यस्तो छ बैंकको वित्तीय अवस्था

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक बर्ष २०८०/८१ को चौथौ त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत आ.व.को असार मसान्तसम्मा ३ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images
    images
    images

    अघिल्लो आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्म ३ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको बैंकले समीक्षा अवधिमा भने नाफा रकम ४.७८ प्रतिशतले कम हो।

    खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज सामान्य बढेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो।

    यस्तै, बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेर ७ अर्ब ९९ करोड ३५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८ अर्ब १८ करोड ४५ लाख रुपैषँ खुद ब्याज आम्दानी गरेको थियो ।

    समीक्षा अवधीमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३.४३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत र सञ्चालन मुनाफा ६.१० प्रतिशत घटेको छ। 

    १४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ७.९० प्रतिशत बढेको छ भने कर्जा ६.१५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा २.०१ प्रतिशतबाट बढेर २.२२ प्रतिशत पुगेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २३ करोड पुगेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ७ पैसा घटेर २१ रुपैयाँ ४० पैसामा झरेको छ। 

    असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १३.२२ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३६ करोड ६६ लाख रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार