images
images

ब्रिटिश काउन्सिलद्वारा विद्यार्थीहरूको एजेन्ट र परामर्शदाताहरूको लागि बैठक आयोजना

ब्रिटिश काउन्सिलद्वारा विद्यार्थीहरूको एजेन्ट र परामर्शदाताहरूको लागि बैठक आयोजना

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • ब्रिटिश काउन्सिलद्वारा विद्यार्थीहरूको एजेन्ट र परामर्शदाताहरूको लागि बैठक आयोजना

    ब्रिटिश काउन्सिलले संयुक्त अधिराज्य (युके)मा विद्यार्थीहरूको शैक्षिक अनुभव बृद्धि गर्न एजेन्ट र परामर्शदाताहरूको लागि बैठक आयोजना गरेको छ । युकेको शैक्षिक अवसर तथा सांस्कृतिक सम्बन्धका लागि अन्तर्राष्ट्रिय संस्था ब्रिटिश काउन्सिलले अगस्ट १ र २ मा काठमाडौँमा एजेन्ट र परामर्शदाता बैठक आयोजना गरेको हो । 

    images
    images
    images
    images

    कार्यक्रममा नेपालभरका एजेन्ट र विद्यालय परामर्शदाताहरूको सहभागिता रहेको थियो । आफ्नो प्रतिष्ठित शैक्षिक संस्थाहरू, विविध शैक्षिक कार्यक्रमहरू, र जीवन्त सांस्कृतिक अनुभवहरूका लागि प्रख्यात युके एक प्रमुख अध्ययन गन्तव्यको रूपमा रहिआएको छ ।

    उच्च स्तरीय शिक्षा प्राप्त गर्न र व्यक्तिगत तथा व्यावसायिक विकासका लागि अवसरहरू खोज्ने मौका प्रदान गर्ने भएकोले अधिकांश विद्यार्थीहरूले युकेलाई रोज्छन् ।

    यात्रालाई सहज बनाउन एजेन्टहरू र परामर्शदाताहरूको महत्त्व बुझ्दै ब्रिटिश काउन्सिलले उनीहरूलाई युकेमा अध्ययन गर्न र विद्यार्थीहरूलाई प्रभावकारी रूपमा सहयोग गर्नको लागि सम्बन्धित नवीनतम् जानकारी र उपकरणहरू प्रदान गर्न कार्यक्रमको आयोजना गरेको हो । 

    सेमिनारको नेतृत्व ब्रिटिश काउन्सिलको स्टडी यूके युनिटका प्रतिनिधि, बेलायतको भिसा तथा अध्यागमन र ब्रिटिश युनिभर्सिटी इन्टरनेशनल लाइजन एसोसिएसनका प्रतिनिधिहरूले गरेका थिए ।

    एजेन्ट र काउन्सिलर बैठकले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको गतिशीलता सक्षम पार्ने र विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक प्रयासमा सफलताको निम्ति आवश्यक सहयोग प्राप्त गर्ने सुनिश्चित गर्न ब्रिटिश काउन्सिलको प्रतिबद्धतालाई दर्शाउछ । 

    ब्रिटिश काउन्सिलले एजेन्ट क्वालिटी फ्रेमवर्क जस्ता पहलहरू मार्फत विद्यार्थीहरूलाई भरपर्दो मार्गदर्शन र सहायता प्रदान गर्न आवश्यक नैतिक मापदण्ड र ज्ञानले एजेन्ट र परामर्शदाताहरूलाई सुसज्जित पार्ने लक्ष्य राखेको छ ।

    ब्रिटिश काउन्सिलले उत्कृष्ट अभ्यासहरूको प्रसारलाई अझ बढावा दिन र विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक यात्राको दौरान उच्च गुणस्तरीय सहायता प्राप्त गर्ने सुनिश्चित गर्न ब्रिटिश युनिभर्सिटी इन्टरनेशनल लाइजन एसोसिएसन, युनिभर्सिटीज युकेइन्टरनेशनल र युके काउन्सिल फर इन्टरनेशनल स्टुडेन्ट अफेयर्स जस्ता संस्थाहरूसँग निकट रहेर काम गर्दछ ।

    कार्यक्रममा बोल्दै नेपालस्थित बेलायती दूतावासका डेपुटी हेड अफ मिसन लुक ब्युमन्टले भने, ‘अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई युकेमा स्वागत छ । पछिल्लो HESA२०२२–२३ डेटाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि गन्तव्यको रूपमा युकेको लोकप्रियता बढ्दै गएको देखाउँछ ।

    सन् २०२२ को तुलनामा सन् २०२३ मा अध्ययनका लागि युके जाने नेपाली विद्यार्थीको संख्या ८२ प्रतिशतले बढेको छ ।

    सन् २०१९ सँग यस्तै तथ्याङ्कलाई तुलना गर्ने हो भने २०२३ मा युकेमा नेपाली विद्यार्थीको संख्यामा १३४० प्रतिशतभन्दा बढी वृद्धि भएको थियो ।

    “नेपाली शिक्षा एजेन्टहरूले युकेको शिक्षालाई देशका युवाहरूसँग जोड्नका लागि गरेका सबै योगदानका लागि हामी आभारी छौं ।”

    उद्घाटनको अवसरमा ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडुगलले भनिन्, “ब्रिटिश काउन्सिलले नेपाल र युकेबीच शैक्षिक तथा सांस्कृतिक अवसरहरू सिर्जना गर्दछ । ६५ वर्षभन्दा बढी समयदेखि, हामीले समावेशी, उच्च गुणस्तरको शिक्षण र सिकाइलाई अभिवृद्धि गर्नका लागि सबै तहका सरकारहरूसँग सहकार्य गर्दै नेपालको शैक्षिक प्राथमिकताहरूलाई गर्वका साथ सहयोग गरेका छौं ।”

    हाम्रा कला र संस्कृति कार्यक्रमहरूले सांस्कृतिक सहजकर्ताहरूलाई सहयोग प्रदान गर्दछ र जलवायु परिवर्तन, मानसिक स्वास्थ्य, सम्पदा र लैङ्गिक समानता जस्ता महत्त्वपूर्ण विश्वव्यापी मुद्दाहरू सम्बोधन गर्दछ । 

    युवा नेपालीहरूलाई युकेको शिक्षामा पहुँच प्रदान गर्ने र दुई राष्ट्रहरूबीचको महत्वपूर्ण सम्बन्धलाई सुदृढ गर्ने लगायतका उद्देश्यहरू हासिल गर्न सहयोग गर्ने हाम्रा समान विचारधाराका साझेदारहरूलाई उनले धन्यवाद दिइन् । 

    यसबाहेक, ब्रिटिश काउन्सिलले भर्खरै नयाँ, निःशुल्क एजेन्ट र परामर्शदाता प्रशिक्षण र अन्तरक्रियात्मक हब सुरु गरेको छ, जसले विश्वभरका शिक्षा सल्लाहकारहरूलाई युकेको शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रूपमा देशको बारेमा सम्पूर्ण जानकारी प्रदान गर्दछ।

    यो मञ्चले एजेन्टहरू र परामर्शदाताहरूलाई युकेमा शिक्षा प्राप्त गर्ने बारे उचित निर्णयहरू गर्न विद्यार्थीहरूलाई प्रभावकारी रूपमा मार्गदर्शन प्रदान गर्नका लागि डिजाइन गरिएको हो। यसले युके छनोट गर्दा हुने फाइदाहरू, देशमा अध्ययन र बस्ने तयारी, भिसा र अध्यागमन प्रक्रियाहरू, साथै रोजगारीका अवसरहरू र अध्ययन पछि कामका विकल्पहरू लगायत महत्त्वपूर्ण विषयहरू समेट्छ ।

    नेपालका ६ सय बढी शिक्षा एजेन्ट र परामर्शदाताहरूको सक्रिय सहभागितामा सेमिनारले अन्तर्राष्ट्रिय विद्यार्थी गतिशीलता, छात्रवृत्ति र भिसा नियमहरू बारे अपडेटहरू र परख गर्न एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्यो, जसले अन्ततः युकेमा शैक्षिक अवसरहरूको खोजीमा रहेका विद्यार्थीहरूलाई लाभान्वित गर्यो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार