images
images

प्रभु बैंकको सेवा अबदेखि प्युठानको बिजुवारमा, शाखा सङ्ख्या कति  पुग्यो ?

प्रभु बैंकको सेवा अबदेखि प्युठानको बिजुवारमा, शाखा सङ्ख्या कति  पुग्यो ?

शुक्रवार, साउन २५ २०८१
शुक्रवार, साउन २५ २०८१
  • प्रभु बैंकको सेवा अबदेखि प्युठानको बिजुवारमा, शाखा सङ्ख्या कति  पुग्यो ?

    प्रभु बैंक लिमिटेडले प्यठाुनको बिजुवारमा सेवा विस्तार गरेको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले शुक्रबारदेखि प्युठान नगरपालिका, वडा नं.४ प्युठानस्थित बिजुवारमा आप्mनो ३१५ औं शाखा सञ्चालनमा ल्याएको हो । 

    images
    images

    एक कार्यक्रमकाबिच जिल्ला समन्वय समिति प्रमुुख धरम बहादुर जिसीले बैंकको उक्त नयाँ शाखाको उद्घाटन गरे । 

    बैंकले व्यवसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । 

    प्रभु बैंकको यो अभियानले देशभरी नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

    बैंकको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरूलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

    अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार