काठमाडौँ / नेपाली बजारमा साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज बजारमा सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला सात सय रुपैयाँले बढेको पाइएको हो ।
शुक्रबार प्रतितोला एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार हुने भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज आइतबार १० रुपैयाँले बढेर एक हजार सात सय २० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको हो ।