images
images

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४५ प्रतिशतले बढ्यो, कुल बीमा शुल्क आर्जन र प्रतिशेयर आम्दानी कति ?

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४५ प्रतिशतले बढ्यो, कुल बीमा शुल्क आर्जन र प्रतिशेयर आम्दानी कति ?

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४५ प्रतिशतले बढ्यो, कुल बीमा शुल्क आर्जन र प्रतिशेयर आम्दानी कति ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५१ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा कम्पनीको नाफा १४५.०४ प्रतिशतले वृद्धि भएको हो ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ७ अर्ब ५ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असारमसान्तको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ४१.५७ प्रतिशतले वृद्धि भएर ९ अर्ब ९९ करोड पुगेको छ ।

    यता, ५ अर्ब  शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा शेयर प्रिमियममा शिर्षकमा ५२ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १७ करोड ७४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १ अर्ब २ करोड २२ लाख रुपैयाँ रहेको छ ।

    असार मसान्तसम्ममा कम्पनीले ४ अर्ब ७४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १३.२४ प्रतिशतले वृद्धि भएको हो ।

    कम्पनीले यस अवधिमा ४ अर्ब ५२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १४.४३ प्रतिशतले वृद्धि भएको हो ।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २१ करोड ९० लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ५० लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

    समिक्षा अवधिमा कम्पनीले ४६ करोड  रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ४२ लाख रुपैयाँ खर्चिएको थियो । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०।२९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४५.५९ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार