images
images

आइएमई र जीएमईले बुधबारदेखि सुरु गर्यो एकीकृत कारोबार, अब बार्षिक साढे ३ खर्ब बढी कारोबार हुने

आइएमई र जीएमईले बुधबारदेखि सुरु गर्यो एकीकृत कारोबार, अब बार्षिक साढे ३ खर्ब बढी कारोबार हुने

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • आइएमई र जीएमईले बुधबारदेखि सुरु गर्यो एकीकृत कारोबार, अब बार्षिक साढे ३ खर्ब बढी कारोबार हुने

    काठमाडौँ / नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट्यान्सले जीएमई रेमिट्यान्सलाई मर्ज गरी संयुक्त कारोबार सुरु गरेको छ । दुई ठूला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईले बुधबारदेखि संयुक्त कारोबार सुरु गरेको हो । 

    images
    images

    यससँगै राष्ट्र बैंकले रेमिट कम्पनी मर्जर गर्न लिएको नीति कार्यान्वयन गर्ने आइएई पहिलो कम्पनी बनेको छ । एक समारोहका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले दुई ठूला रेमिट्यान्स कम्पनीको एकीकृत कारोबारको उद्घाटन गरे। 

    आइएमई र जीएमई रेमिट मर्ज भएपश्चात अब आइएमई लिमिटेडको नामबाट कारोबार हुनेछ । सो अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक करोड चुक्ता पुँजीको आइएमईले अहिले एक अर्ब भन्दा बढीको कम्पनी भएको बताए। 

     शुरुवातको समय करिव २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिव ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको अध्यक्ष ढकालको दावी छ । 

    अध्यक्ष ढकालले रेमिट्यान्स क्षेत्रमा यो नेपालकै पहिलो मर्जर भएकोसमेत बताए । उनले आईएमई ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी बिस्तार गरेको जानकारी दिए । 

    रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा शुरु गरेको आइएमईले सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासलगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेका अध्यक्ष ढकालले बताए । 

    “आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरु, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरु सक्रिय रहेको छ”उनले भने । 

    यसैगरी, डेपुटी गभर्नर मिश्रले आइएमई र जीएमईबीचको मर्जर ऐतिहासिक भएको बताए । रेमिट्यान्स र बैंकिङ कारोबारलाई डिजिटल बनाउँदा पनि समस्या आउने गरेको उनको भनाइ छ। 

    रेमिट्यान्सको भुक्तानीमा कुनै पनि समस्या आउन नदिनको लागि राष्ट्र बैंकले विभिन्न निर्देशन जारी गरिरहेको जानकारी दिदै उनले दुई ठूला रेमिट्यान्स कम्पनी आइएमई र जीएमई मर्ज भएर बलियो रेमिट्यान्स कम्पनी बनेको बताए। 

    रेमिट्यान्स कारोबार गर्दा बलियो सुरक्षा अपनाउन आग्रह गर्दै उनले हुण्डी कारोबारलाई निरुत्साहित गर्नेपर्ने बताए । 

    आइएमई र जिएमईले गत जेठमा भएको साधारण सभाबाट एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए । आइएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ रहेको पुँजी मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ कायम हुनेछ ।

    आइएमईले अहिले २०० मिलियन डलरभन्दा बढी रेमिट्यान्स भित्र्याउन भूमिका खेलिरहेको छ । मर्जरपछि कारोबार रकमका आधारमा आईएमई र जीएमइ मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुने भएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार