images
images

एक बर्षमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कमायो २३ लाख ४१ हजार नाफा, अन्य सूचक कस्तो ?

एक बर्षमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कमायो २३ लाख ४१ हजार नाफा, अन्य सूचक कस्तो ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • एक बर्षमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कमायो २३ लाख ४१ हजार नाफा, अन्य सूचक कस्तो ?

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २३ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा घटेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ४२ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    यता, ५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ करोड ६२ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको छ । यस अवधिमा ८७ लाख ६० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अभिकर्ता कमिशन मार्फत १ लाख ७० हजार रुपैयाँ खर्चिएको छ ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको स्पेसियल रिजर्भ शिर्षकमा ३४ लाख ९० हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्ग २७ लाख २१ हजार रुपैयाँ रहेको छ । 

    समिक्षा अवधिमा कम्पनीको महाविपत्ती कोषमा ३ लाख ४९ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ४९ हजार रहेको छ । समिक्षा अवधिमा कम्पनीले ४ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार