images
images

एक बर्षमा ट्रष्ट माइक्रो इन्स्योरेन्सले कमायो १ करोड ९ लाख नाफा, यस्ता छन् अन्य वित्तीय सूचक

एक बर्षमा ट्रष्ट माइक्रो इन्स्योरेन्सले कमायो १ करोड ९ लाख नाफा, यस्ता छन् अन्य वित्तीय सूचक

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • एक बर्षमा ट्रष्ट माइक्रो इन्स्योरेन्सले कमायो १ करोड ९ लाख नाफा, यस्ता छन् अन्य वित्तीय सूचक

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा ट्रष्ट माइक्रो इन्स्योरेन्सले १ करोड ९ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

    images
    images

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षमा कम्पनीले १ करोड ९ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । 

    समिक्षा अवधिमा कम्पनीको महाविपत्ती कोषमा ६ लाख ८५ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १ लाख ३७ हजार रहेको छ । समिक्षा अवधिमा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    यता, ५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको स्पेसियल रिजर्भ शिर्षकमा ६८ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्ग ८९ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

    त्यस्तै कम्पनीले १ करोड २० लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको छ । यस अवधिमा ४३ लाख ११ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अभिकर्ता कमिशन मार्फत ८१ हजार रुपैयाँ खर्चिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार