काठमाडौँ / बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बेसडरमा क्रिकेटर सन्दीप लामिछाने नियुक्त भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेलाई बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
सोमबार एक समारोहबिच बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेले उक्त सम्झौतामा हस्ताक्षर गरे । सन्दीप २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बेसडर रहनेछन् ।
बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाएको छैन।
सम्झौतापछि बोल्दै लामिछानेले बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीसँग सम्झौताले आफुलाई धेरै हौसला प्रदान गर्ने र खेल जीवनमा पनि सहयोग पुग्ने बताए ।
“‘बृज’सँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ”, लामिछानेले भने ।
यस्तै, बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए । साथै उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए।
“सन्दीपलाई ब्रान्ड एम्बेसडरको हुँदा कन्सलटेन्सीलाई ठूलो सहयोग पुग्ने छ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुगाउन्छ,” गिरीले भने ।