images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

बिहिवार, भदौ ६ २०८१
बिहिवार, भदौ ६ २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ९८ पैसा र बिक्रीमा १३४ रुपैयाँ ५८ पैसा तोकिएको छ । 

    युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ९१ पैसा र बिक्री दर १४९ रुपैयाँ ५८ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७४ रुपैयाँ ६० पैसा र बिक्रीमा १७५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ २९ पैसा र बिक्रीमा ९० रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५० पैसा र बिक्रीमा ९८ रुपैयाँ ९४ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २१ पैसा पर्नेछ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमा ३० रुपैयाँ ५९ पैसा र बिक्रीमा ३० रुपैयाँ ७३ पैसा र साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ०२ पैसा र बिक्रीमा १० रुपैयाँ ०६ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार