images
images

शाइन रेसुङ्गाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड अन्तर्गत बेस्ट बैंकसहित तीन उपाधि

शाइन रेसुङ्गाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड अन्तर्गत बेस्ट बैंकसहित तीन उपाधि

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • शाइन रेसुङ्गाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड अन्तर्गत बेस्ट बैंकसहित तीन उपाधि

    बुटवल / शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत तीन उपाधि जितेको छ । इण्डियन च्याम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित ‘बैंकिङ कन्क्लेभ  २०२४’ मा बैंकले नेपालबाट बेस्ट बैंकसहित तीनवटा उपाधि जितेको हो।  

    images
    images
    images
    images

    शाइन रेसुंगाले नेपालबाट बेस्ट बैंकसहित बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि उत्कृष्ट हुँदै उपाधि जितेको बैंकले जनाएको छ । 

    अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमारलगायतका देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । 

    शुक्रबार नयाँ दिल्लीमा आयोजित समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरेका थिए । 

    नेपालबाटै एनआईसी एशिया बैंकले बेस्ट पर्फमेन्स अन डिजिटल बैंकिङ शीर्षकमा र गरिमा विकास बैंकले बेस्ट पर्फमेन्स अन एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) क्याटोगोरीमा अवार्ड जितेका छन् ।

    इण्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि वितरण गर्न शुरु गरेको यो अवार्डमा शाइन रेसुंगाले पहिलोपटकमै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुंदै अवार्ड जितेको थियो  ।  

    Capture.JPG

    अहिले दोस्रोपटक पहिलोपटक जितेका दुई विधासँगै प्रमुख विधा बेस्ट बैंक अवार्डसमेत जितेर बैंकले आफूलाई थप उत्कृष्ट र अब्बल सावित गरेको छ । 

    अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । 

    बैंक कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन,कुल ब्याज खर्च,शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च, कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सूचकहरुमा उत्कृष्ट भएको थियो ।

    बैंकले यसअघि न्यु विजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार