images
images

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जामा छुट योजना, कुन कर्जामा कति छुट ?

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जामा छुट योजना, कुन कर्जामा कति छुट ?

बुधवार, भदौ १२ २०८१
बुधवार, भदौ १२ २०८१
  • माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जामा छुट योजना, कुन कर्जामा कति छुट ?

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना सार्वजनिक गरेको छ । आउदैँ गरेको नेपालीहरूको प्रमुख चाडपर्वको समयलाई लक्षित गरी बैंकले एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको हो ।

    images
    images

    तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ ।

    सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्नसक्नुहुनेछ ।

    त्यस्तै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ  । 

    यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ । माथि उल्लेखित अफरहरु भाद्र ३१ सम्म लागु हुनेछन् ।   

    हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार