images
images

धनराज गुरुङ जोडिएको सहकारीमा अनुसन्धान सुरु, छानबिन समितिले पनि सिफारिस गर्ने

धनराज गुरुङ जोडिएको सहकारीमा अनुसन्धान सुरु, छानबिन समितिले पनि सिफारिस गर्ने

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • धनराज गुरुङ जोडिएको सहकारीमा अनुसन्धान सुरु, छानबिन समितिले पनि सिफारिस गर्ने

    काठमाडौँ / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ।

    images
    images

    उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

    उनले भने, ‘उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामी कहाँ उजुरी परेपछि हामीले अहिले हामीले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ।’

    सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले रु १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गरेको जनाइएको छ।

    उक्त सहकारीमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ पनि जोडिएको बताइएको छ।

    यता, सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले समेत नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातहरूले देखाएको उल्लेख गरेको छ । 

    समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको पाइएको हो । 

    समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । 

    प्राप्त प्रमाणका आधारमा गुरुङमाथि अनुसन्धान गर्न सिफारिस गर्ने सहमति भएको समितिका एक सदस्यले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार