images
images

करिब नौ करोड बराबरको मालवस्तु बंगलादेश निर्यात, ६६ करोडबढीको आयात

करिब नौ करोड बराबरको मालवस्तु बंगलादेश निर्यात, ६६ करोडबढीको आयात

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • करिब नौ करोड बराबरको मालवस्तु बंगलादेश निर्यात, ६६ करोडबढीको आयात
    images
    images

    झापा / चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रु आठ करोड ९९ लाख २० हजार आठ सय एक बराबरको मालवस्तु बंगलादेश निर्यात भएको छ । 

    नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान बंगलादेशबाट आयात भएको छ ।

    कार्यालयको तथ्याङ्कअनुसार नेपालबाट मुख्य रूपमा खुदो बङ्गलादेश निर्यात भइरहेको छ ।

    दुई महिनामा रु सात करोड ६७ लाख ८१ हजार ५२२ मूल्य बराबरको खुदो निर्यात भएको छ । 

    गोदाम व्यवस्था कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एण्ड रेडिमेड ग्रामेन्ट, प्लास्टिक फर्निचरलगायत मालबस्तु बंगलादेशबाट आयात भएका छन् । 

    सो अवधिमा सबैभन्दा बढी रु ४१ करोड ५७ लाख ८७ हजार छ सय ५२ मूल्य बराबरको जुट आयात भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार