images
images

ब्याजदर घट्दा पनि बढेन घरजग्गाको कारोबार !

ब्याजदर घट्दा पनि बढेन घरजग्गाको कारोबार !

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । ब्याजदर पनि महिनैपिच्छ घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुले एक अंकको ब्याजदरमै घरजग्गा दिने विभिन्न स्किम पनि ल्याएका छन् । तर, पनि घरजग्गा कारोबारमा भने सुधार आउन सकेको छैन् ।

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • ब्याजदर घट्दा पनि बढेन घरजग्गाको कारोबार !

    काठमाडौँ / घट्दो ब्याजदर र बैङ्कहरूले सहज कर्जा प्रवाह गर्दा पनि चालु आर्थिक वर्ष (आव) २०८१/८२ मा घरजग्गा कारोबारमा निराशा देखिएको छ ।

    images
    images

    भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुई महिनामा अर्थात भदौँ मसान्तसम्ममा घरजग्गा कारोबार फेरि सुस्ताएको छ । 

    बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । ब्याजदर पनि महिनैपिच्छ घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुले एक अंकको ब्याजदरमै घरजग्गा दिने विभिन्न स्किम पनि ल्याएका छन् । 

    आर्थिक गतिविधि पनि विस्तारै चलायमान हुँदै गएको छ । तर, पनि घरजग्गा कारोबारमा भने सुधार आउन सकेको छैन् । 

    भदौमा देशभर ३२ हजार ७८९ वटा घरजग्गाका कारोबार (लिखित पारित) भएका छन् । गत आवको सोही महिनामा देशभर ३५ हजार ६८६ वटा यस्तो कारोबार भएको थियो । तर, यसपाली भने त्यो घटेको उक्त तथ्यांकले पुष्टी गरेको छ । 

    यद्यपि, गत साउनमा भने घरजग्गा कारोबार ११.६४ प्रतिशतले बढेको थियो । गत आवको साउनमा देशभर ३९ हजार २६३ वटा घरजग्गाको कारोबार भएको थियो । 

    चालु आवको साउनमा भने ४३ हजार ८३५ वटा यस्ता कारोबार भएका थिए । तर, भदौमा भने घरजग्गा कारोबारमा कमी आएको तथ्याङ्कले पुष्टि गरेको छ । 

    साउन र भदौंमा गरेर देशभर ७६ हजार ६३३ वटा घरजग्गाका कारोबार भएका छन् । यो गत आवको सोही अवधीको तुलनामा ३.५५ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा देशभर ७४ हजार ९४९ वटा घरजग्गाको कारोबार भएको थियो । गत आवभरमा भने पाँच लाख ३७ हजार २९५ वटा घरजग्गाको कारोबार भएको थियो ।

    इनरुवा मालपोतबाट सबैभन्दा धेरै कारोबार

    तथ्याङ्कअनुसार भदौमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबै भन्दा धेरै कारोबार भएको छ । भदौ महिनामा त्यहाँबाट १६ सय ५१ वटा घरजग्गाको लिखित पारित भएको छ ।

    दोस्रो स्थानमा भने झापाको भ्रदपुरको मालपोत कार्यालय रहेको छ, त्यहाँबाट १२ सय ६५ वटा घरजग्गा कारोबार भएको छ । तेस्रो स्थानमा भने धनुषाको जनपुरधामको मालपोत कार्यालय रहेको छ, त्यहाँबाट ११ सय ४८ वटा घरजग्गाको कारोबार भएको छ । 

    अन्य कुन मालपोत कार्यालयबाट कतिको भयो कारोबार ? 

    भदौँमा राजविराज सप्तरमा १ हजार १०१ वटा घरजग्गा कारोबार भएको विभागको तथ्याङ्क छ ।

    यस्तै, बेलवारी मोरङमा ९०८, भक्तपुरमा ७९६, लगनखेल ललितपुरमा ७६२, सिराहामा ७५७, पर्सामा ७२९, कलैया बारामा ७०८, तौलिहवा कपिलबस्तुमा ६९८, लकंक काठमाडौँमा ६८६ र जलेश्वर महोत्तरीमा ६६५ को कारोबार भएको छ । 

    धनगढी कैलालीमा ६२५, विराटनगर मोरङमा ६१४, दमक झापामा ६१०, तुलसीपुर दाङमा ६०९, लाहन सिराहामा ६०७, रुपन्देहीमा ६०२ वटा घरजग्गा किनबेच भएको छ ।

    यता, घोराही दाङमा पनि ५७५ वटा, नवलपरासीमा ५३७ वटा, नेपालगञ्ज बाँके ५२२, कास्कीमा ४९८, मकवानपुरमा ४४६, बुटवलमा ४२६, चितवनमा ४०७ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

    काठमाडौँ उपत्यकामा कतिको भयो कारोबार ?

    समीक्षा महिनामा काठमाडौं उपत्यकामा तीन हजार ६२३ वटा घरजग्गा खरिद बिक्री भएको छ । त्यसमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ७६२ र गोटीखेल मालपोत कार्यालयबाट नौ वटा घरजग्गा कारोबार भएको छ । यस्तै, भक्तपुर मालपोत कार्यालयबाट ७९६ वटा घरजग्गा कारोबार भएको देखिन्छ । 

    यस्तै, काठमाडौँमा डिल्लीबजार मालपोत कार्यालयबाट १७९, चावहिल मालपोत कार्यालयबाट ४६४, कलंकी मालपोत कार्यालयबाट ६८६, मनमैजु मालपोत कार्यालयबाट २१७, साँखु मालपोत कार्यालयबाट ३८१ र टोखा मालपोत कार्यालयबाट १२९ वटा घरजग्गाका कारोबार भएका छन् ।

    ३ अर्ब ८३ करोड उठ्यो राजश्व,

    भदौमा देशभर भएको घरजग्गा किनबेचबाट ३ अर्ब ८३ करोड रुपैयाँ राजश्व संकलन भएको छ । भदौमा जिष्ट्रेशन दस्तुर बापत १ अर्ब ९७ करोड ६० लाख र पुँजीगत लाभ कर मार्फत १ अर्ब १३ करोड १५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, सेवा कर मार्फत २५ करोड ५५ लाख ९८ हजा रुपैयाँ संकलन भएको विभागले जनाएको छ । भदौमा ३० करोड १२ लाख रुपैयाँ छुट दिइएको विभागले जनाएको छ ।

    विभागका अनुसार सबैभन्दा धेरै राजस्व संकलन भूमि सुधार तथा मालपोत कार्यालय, लगनखेलबाट संकलन भएको छ । उक्त मालपोतबाट ३४ करोड २७ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    यसैगरी, मालपोत कार्यलय डिल्लीबजारबाट २९ करोड ३९ लाख ६७ हजार रुपैयाँ ,भक्तपुरबाट २३ करोड ३७ लाख २२ हजार, चावहिलबाट २२ करोड ४२ लाख ७७ हजार, कलंकीबाट २२ करोड २७ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    यसैगरी, मालपोत कार्यालय, सिमराबाट १७ करोड ३२ लाख ५६ हजार, कास्कीबाट १४ करोड ६९ लाख ८५ हजार, चितवनबाट ११ करोड ७२ लाख ६३ हजार, मनमैजुबाट ९ करोड ५३ लाख ९५ हजार र माइनरुवाबाट ९ करोड २१ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार