images
images

ग्लोबल आइएमई बैंकले जित्यो ‘अन्तरबैंक फुटसल २०८१’को  पुरुष र महिलातर्फको उपाधि

ग्लोबल आइएमई बैंकले जित्यो ‘अन्तरबैंक फुटसल २०८१’को  पुरुष र महिलातर्फको उपाधि

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • ग्लोबल आइएमई बैंकले जित्यो ‘अन्तरबैंक फुटसल २०८१’को  पुरुष र महिलातर्फको उपाधि

    काठमाडौँ / नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिलातर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ । 

    images
    images

    संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरू सहभागी भएका थिए । उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिलातर्फका टोलीहरू सहभागि रहेका थिए । 

    अन्तर बैंक फुटसल २०८१को प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ग्लोबल आइएमई बैंक बिजेता हुनुका साथै पुरुष र महिलातर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिलातर्फको उत्कृष्ट गोलरक्षकको उपाधि समेत जितेको छ ।

    उक्त प्रतियोगितामको फाइनल खेलमा पुरुषतर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकाश बैंक र महिलातर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो ।

    ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पुरुष तर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका शशाङ्क निरौलाले हात पारेका थिए । 

    साथै, महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन् । 

    साथै, आफ्नो सबै खेलहरुमा उत्कृष्ट बचाउ गरिरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोल रक्षक केश माया गुरुङ्गले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधी समेत हात पारेकी छिन्। 

    ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा बिजेता भएकाले खेलकुद प्रतियोगिताहरूमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रूपमा हेर्ने गरिन्छ । 

    अन्तर बैंक फुटसल २०८०मा महिला तर्फको उपाधि पनि ग्लोबल आइएमई बैंकले जितेको थियो । यो वर्षको बिजेता उपाधिसँगै ग्लोबल आइएमई बैंकको महिला तर्फको बिजेता उपाधि लगातार दोस्रो पटक हो

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार