images
images

लाभांश घोषणा गर्ने दोस्रो वाणिज्य बैंक बन्यो सिटिजन्स, लगानीकर्ताले कति पाउदैछन् ?

लाभांश घोषणा गर्ने दोस्रो वाणिज्य बैंक बन्यो सिटिजन्स, लगानीकर्ताले कति पाउदैछन् ?

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • लाभांश घोषणा गर्ने दोस्रो वाणिज्य बैंक बन्यो सिटिजन्स, लगानीकर्ताले कति पाउदैछन् ?

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गर्ने दोस्रो वाणिज्य बैंक बनेको छ। यस अघि एभरेष्ट बैंकले लाभांश घोषणा गरिसकेको छ । 

    images
    images

    बैंक सञ्चालक समितिको आज दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

    जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड ९८ लाख ९६ हजार ७८७.३८ रुपैयाँबराबरको नगद लाभांश छन्।

    गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सिटिजन्स बैंकको लाभांश क्षमता ४.३४ प्रतिशत थियो। बैंकले सोही हाराहारीमा लाभांश वितरण गर्ने निर्णय गरेको छ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गर्ने बैंक सञ्चालक समितिले निर्णय गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार