images
images

ब्रिटिस कलेजको १० औँ दिक्षान्त समारोह सम्पन्न ४५ जना विद्यार्थीहरू दिक्षित

ब्रिटिस कलेजको १० औँ दिक्षान्त समारोह सम्पन्न ४५ जना विद्यार्थीहरू दिक्षित

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • ब्रिटिस कलेजको १० औँ दिक्षान्त समारोह सम्पन्न ४५ जना विद्यार्थीहरू दिक्षित

    काठमाडौँ / ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)को १० औँ दिक्षान्त (ग्राजुयसन) समारोह सम्पन्न भएको छ । शुक्रबार हायत रिजेन्सी होटलमा आयोजित एक समोरोहबिच कलेकाजे दिक्षान्त समारोह सम्पन्न भएको हो ।

    images
    images
    images
    images

    कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड (यूडब्लुई) र किल युनिभर्सिटीका ३२१ जना विद्यार्थीहरू तथा ब्रिटिस मोडल कलेजमा ‘ए’ लेभल अध्ययन गरेका ४५ जना विद्यार्थीहरू दुई शत्रमा दिक्षित भएका सर्ग । 

    बिहानको शत्रमा बीबीए, एमबीए, बीएचएम र ईएमबीएका विद्यार्थीहरू दिक्षित भएका थिए ।

    1.JPG

    दिउँसोको शत्रमा बीएससी (अनर्स) कम्प्युटिङ, एमएससी आइटी एड्भान्स कम्प्युटर साइन्स र ‘ए’ लेभलका विद्यार्थीहरू दिक्षित भएका हुन् ।

    कार्यक्रमको औपचारिक सुरुवात द कँडेल ग्रुपका अध्यक्ष उपेन्द्र राज शर्मा, कलेजका सिइओ तथा संस्थापक राजन कँडेल र सल्लाहकार माइकल रुटल्याण्ड (ओ.बि.र्ई)ले, पानसमा बत्ती बालेर गरेका थिए । 

    briti.JPG

    त्यसपछि, आर्टिफिसियल इन्टेलिजेन्सले मन्तब्य दिएको थियो । सो मन्तब्य ब्रिटिस कलेजले हालै सञ्चालनमा ल्याएको बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रतिबिम्ब थियो । समारोहमा उपस्थितहरूले परम्परागत कुमारी नृत्यको आनन्द लिएका थिए । 

    ग्राजुयसन समारोहमा कलेजका सिइओ तथा दूरदर्शी संस्थापक राजन कँडेलले भने, “यो वर्ष हामीले ब्रिटिस कलेजको विश्वव्यापी प्रभावलाई साँच्चै उत्सवको रूपमा मनाइरहेका छौँ । हाम्रा पूर्व विद्यार्थीहरू अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत तथा गल्फ मार्केटमा सफल भएको देख्दा निकै खुसी लाग्छ । यो ग्लोबल लिडरहरू उत्पादन गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । पछिल्ला वर्षहरूमा हामीले अन्तर्राष्ट्रिय प्लेसमेन्टको अवसरहरू पनि प्रदान गर्दै आइरहेका छौँ । यो अवसरलाई हामीले विश्वभर रहेका हाम्रा नयाँ साझेदार संस्थाहरूसँग मिलेर विस्तार गरिरहेका छौँ । साथै, विद्यार्थीहरूलाई अल्मुनाई कम्युनिटीमा स्वागत गर्दै थप अवसरहरू प्रदान गर्न हामी उत्सुक छौँ ।” 

    समारोहमा विशिष्ट पाहुनाहरू, नेपालका लागि बेलायतका राजदूत रब फेन, उप–राजदूत लुक बिउमन्ट, कलेजका सल्लाहकार माइकल रुटल्याण्ड (ओ.बि.र्ई), लिड्स बेकेड युनिभर्सिटीका डेप्यूटी भाइस चान्सलर प्रोफेसर फिल कार्ड्यू, किल युनिभर्सिटीका कम्प्युटर विभाग प्रमुख प्रोफेसर डा. ड्यानियल रेडेनबाक, प्रोफेसर र्फगस लियन, यूडब्लुईका डेप्यूटी भाइस चान्सलर जो मिज्ली, तथा सह-प्रमुख कम्प्युटर साइन्स र क्रियटिभ टेक्नोलोजी विभाग (यूडब्लुई)की डा.मिक् पाल्मरले ग्राजुयटहरूलाई अल्मुनाई कम्युनिटीमा स्वागत गरे । 

    0.JPG

    कार्यक्रममा कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेन, हेड अफ डिपार्टमेन्टहरूले पनि ग्राजुयटहरूलाई बधाई ज्ञापन गरेका थिए ।

    यस वर्षको ग्राजुयसन शैक्षिक उत्कृष्टता, अन्तराष्ट्रिय सहकार्य र विद्यार्थीहरूको उज्वल भविष्यको प्रतिक रहेको ब्रिटिस कलेजको विश्वास छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार