images
images

आगामी तीन दिनको मौसम : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना ?

आगामी तीन दिनको मौसम : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना ?

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • images
    images
    आगामी तीन दिनको मौसम : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायूको साथै स्थानीय  वायूको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।

    images
    images

    मंगलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    बुधबार देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    बिहीबार देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार