images
images

आगामी तीन दिनको मौसम पूर्वानुमान : पहाडी भूभागहरूमा अझै छ बर्षाको सम्भावना ?

आगामी तीन दिनको मौसम पूर्वानुमान : पहाडी भूभागहरूमा अझै छ बर्षाको सम्भावना ?

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : पहाडी भूभागहरूमा अझै छ बर्षाको सम्भावना ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । 

    images
    images
    images
    images

    हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सोमबार राति कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ । 

    त्यस्तै, कोशी र गण्डकी  प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    भोलि मङ्गलबार कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

    बुधबार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

    देशको पहाडी भूभागका केही स्थानहरूमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार