images
images

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा दुई दिने कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा दुई दिने कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा दुई दिने कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

    काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले  दुई दिने आवासीय तालिम सम्पन्न गरेको छ । कम्पनीले कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजना गरेको ‘म्यानेजिङ्ग सेल्फ एण्ड रिलेसनसिप’ शीर्षकको सो तालिम सम्पन्न गरेको हो । 

    images
    images
    images
    images

    कार्यक्रममा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्याक अफिस र फ्रन्ट अफिसमा कार्यरत कर्मचारीहरूको सहभागिता  थियो ।

    नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षकहरूले प्रशिक्षण गरेका थिए । 

    उक्त प्रशिक्षण, कर्मचारीहरूका लागि कार्यस्थलमा आफ्ना सहकर्मीहरू र अन्य आन्तरिक तथा बाह्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम गरी उत्कृष्ट कार्यसम्पादन गर्ने र उक्त कार्य गर्नमा आफूमा के –कस्ता परिवर्तनहरू ल्याउन आवश्यक पर्छ भन्ने विषयमा केन्द्रित रहेको थियो ।

    त्यस्तै, सो अवसरमा सिइओ पाण्डेले प्रशिक्षणमा प्रदान गरिएको ज्ञान तथा सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्न , कर्मचारीहरूबिच सुमधुर सम्बन्ध कायम राख्न, व्यक्तिगत मूल्य र मान्यताको कदर गर्नका साथै कर्मचारीको कार्यदक्षता वृद्धि तथा विकास हुने विश्वास व्यक्त गरे । 

    सानिमा लाइफ इन्स्योरेन्सले १७० शाखा तथा उपशाखाहरू, तथा १८ वटा योजनाहरूमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

    हालसम्म ९ लाख ५० हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार