images
images

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सिइओमा अञ्जु श्रेष्ठ नियुक्त, बिमा क्षेत्रमा २९ बर्ष कार्य अनुभव

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सिइओमा अञ्जु श्रेष्ठ नियुक्त, बिमा क्षेत्रमा २९ बर्ष कार्य अनुभव

शुक्रवार, असोज १८ २०८१
शुक्रवार, असोज १८ २०८१
  • हिमालयन एभरेस्ट इन्स्योरेन्सको सिइओमा अञ्जु श्रेष्ठ नियुक्त, बिमा क्षेत्रमा २९ बर्ष कार्य अनुभव

    काठमाडौँ / हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् । उनी नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सिइओ बन्न सफल भएकी हुन् । 

    images
    images
    images
    images

    यसअघि युनाइटेड इन्स्योरेन्सकोको सिइओमा उपासना पौडेल नियुक्त भएकी थिइन् । नव नियुक्त सिइओ श्रेष्ठले आधिकारिक रूपमा आजदेखि सीईओको भूमिकामा कामको थालनी गर्ने कम्पनीले जनाएको छ । बिमा क्षेत्रमा २९ बर्ष काम गरेको अनुभव संगालेकी उनले २०५२ फागुन १६ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा प्रवेश गरी थिइन् । 

    उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उनलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पु-याउन सफल भएको छ । सिईओको रूपमा, उनले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले जनाएको छ ।

    नियुक्तिको अवसरमा नवनियुक्त सिइओ श्रेष्ठले भनिन्, “हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा मैले निकै सम्मानित महसुस गरेको छु । अबको मेरो भूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने हुनेछ । मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो ।” 

    यसैगरी, कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठले भने, “हामी विश्वस्त छौँ कि अञ्जु श्रेष्ठले बीमा क्षेत्रको, अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझ्नुभएको छ र हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई उहाँले अझ उचाइमा लैजान सक्षम हुनुहुनेछ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार