images
Logo
images
images
images

हेरुका लामाद्धारा निर्देशित 'कस्तो हो यो माया' बजारमा (भिडियोसहित)

हेरुका लामाद्धारा निर्देशित 'कस्तो हो यो माया' बजारमा (भिडियोसहित)

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • हेरुका लामाद्धारा निर्देशित 'कस्तो हो यो माया' बजारमा (भिडियोसहित)

    काठमाडौँ / चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित 'कस्तो हो यो माया' बोलको गीत बजारमा आएको छ । 

    images
    images
    images
    images

    क्यानाडामा रहेर पनि उनले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक भिडियो बजारमा ल्याएका हुन ।

    'लामो समयपछी कर्मभुमिबाट म्युजिक भिडियो बजारमा ल्याएका छौ । विश्वास छ सम्पूर्ण दर्शकले मन पराउनुहुनेछ ।' 

    निर्देशक लामाले भने । म्युजिक भिडियो क्यानाडाको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको छ । म्युजिक भिडियोलाई उनै निर्देशक लामाले पहिलोपटक छायांकन गरेका हुन ।

    गायक निशान भट्टराईको आवाज, लेखु सहयात्रिको संगीत, इश्वर थापाको शब्द, पुरुषोतम सुवेदीको संगीत संयोजन रहेको छ । साजन शाहले मिक्सिङ, नरेश विविशीले रेकर्डिङ गरेको गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरेको हो ।

    म्युजिक भिडियोमा इश्वर थापा र परीथा खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई उनै निर्देशक हेरुका लामाले ड्रोन, छायांकन र कोरियोग्राफी गरेका हुन । भिडियोलाई सम्पादन र कलर राजेश कुमारले गरेका हुन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार