images
images

गौशाला धर्मशाला विवाद संयमित प्रक्रियाबाट समाधान गर्न आग्रह

गौशाला धर्मशाला विवाद संयमित प्रक्रियाबाट समाधान गर्न आग्रह

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • गौशाला धर्मशाला विवाद संयमित प्रक्रियाबाट समाधान गर्न आग्रह

    काठमाडौँ / नेपाल समुद्रपार निकासी पैठारी संघले गौशाला धर्मशाला विवाद संयमित प्रक्रियाबाट समाधान गर्न आग्रह गरेको छ । लामो समयदेखि पशुपतिस्थित गौशाला धर्मशालाबाट धार्मिक एवं सामाजिक सेवा प्रदान गर्दै आएको व्यावसायी समुदायलाई त्यहाँबाट बलपूर्वक हटाउन खोजिएको घटनाले चिन्तित बनाएको भन्दै संघले विवाद समाधान गर्न आग्रह गरेको हो । 

    images
    images
    images
    images

    यसलाई संघले देशको व्यापार व्यवसाय, रोजगारी र राजस्वमा अतुलनीय योगदान गर्दै आएको समुदायलाई बिशुद्ध धार्मिक र सामाजिक सेवाबाट जबरजस्ती बिमुख गराउने प्रयासको रूपमा लिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    “यो संघ कुनै पनि विवाद र समस्याको समाधान जबरजस्ती र मुडभेडबाट नभई शान्तिपूर्ण संवादको माध्यमबाट हुनुपर्छ भन्नेमा दृढ छ,” संघले विज्ञप्तिमा भनेको छ, “गौशाला धर्मशालाको सम्बन्धमा अहिले सिर्जना भएको विवाद पनि वार्ताबाटै समाधान हुनुपर्ने संघको मान्यता रहेको छ ।” 

    लामो समयदेखि गौशाला धर्मशाला सञ्चालन गरिरहेको व्यवसायीलाई उचित समय नै नदिई बलपूर्वक त्यहाँबाट हटाउने प्रयास अस्वभाविक भएको उनले बताए । 

    संघले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरिरहेको समुदायको मनोबल कमजोर बनाउन सक्ने जोखिमतर्फ पनि संघ सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ । 

    अत्यन्तै संवेदनशील विषयमा उत्पन्न विवाद संयमित प्रक्रिया र वार्ताबाट समाधान गर्न यो संघ नेपाल सरकार, पशुपति क्षेत्र विकास कोष, काठमाडौँ महानगरपालिका, मारवाडी सेवा समितिलाई संघले आग्रहसमेत गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार