images
images

निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कतिमा भइरहेको छ कारोबार ?

निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कतिमा भइरहेको छ कारोबार ?

गत बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौँ / आज नेपाली बजारमा सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ । 

    images
    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 

    गत बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।

    यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ६४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

    आज सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला छ सय रूपैयाँ बढी हो।

    यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको छापावाल चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार