images
images

ब्रिटिश काउन्सिलद्वारा उत्कृष्ट IELTS रजिस्ट्रेसन एजेन्टहरू पुरस्कृत

ब्रिटिश काउन्सिलद्वारा उत्कृष्ट IELTS रजिस्ट्रेसन एजेन्टहरू पुरस्कृत

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • ब्रिटिश काउन्सिलद्वारा उत्कृष्ट IELTS रजिस्ट्रेसन एजेन्टहरू पुरस्कृत

    काठमाडौँ / ब्रिटिश काउन्सिल नेपालले २६ सेप्टेम्बर २०२३ मा द सोल्टी काठमाडौँमा IELTS पार्टनर समिटको कार्यक्रम सम्पन्न गरेको छ । युवा नेपाली विद्यार्थी र पेशाकर्मीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा र करियर विकासका अवसरहरूमा पहुँच प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले ब्रिटिश काउन्सिलले IELTS साझेदारहरूलाई एकताबद्ध गर्न सो कार्यक्रमको आयोजना गरेको हो । 

    images
    images
    images
    images

    कार्यक्रमले ब्रिटिश काउन्सिल र IELTS साझेदारहरूबिचको मजबुत सम्बन्धलाई झल्काउँछ र यसले नेपालीहरूलाई विभिन्न विषयहरूमा अन्तर्राष्ट्रिय योग्यता हासिल गरेर नेपालमा शिक्षाका अवसरहरू अभिवृद्धि गर्ने हाम्रो सामूहिक प्रतिबद्धतालाई सुदृढ बनाएको छ । 

    कार्यक्रममा अप्रिल २०२३ देखि मार्च २०२४ सम्म IELTS परीक्षामा असाधारण समर्पण र योगदान प्रदर्शन गर्ने उत्कृष्ट साझेदारहरू सम्मानित भएका छन् । सो अवसरमा  ‘IELTS उपहार अभियान’ को दोस्रो सिजन पनि पनि सुर भएको भएको छ । 

    उक्त रोमाञ्चक अभियानमा प्रत्येक महिना एक विशेष बम्पर पुरस्कारसहित एप्पल म्याकबुक एयर पुरस्कार प्रदान गरिने काउन्सिलले जनाएको छ । 

    “बम्पर पुरस्कारमा टर्किस एयरलाइन्सद्वारा प्रायोजित संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका लागि दुई एकतर्फी टिकटहरू समावेश छन् । बम्पर पुरस्कारमा अष्ट्रेलियाको लागि एकतर्फी टिकट पनि समावेश छ, जुन टर्किस एयरलाइन्स बाहेक कुनै पनि एयरलाइनबाट प्राप्त गर्न सकिन्छ । यो अभियानले ब्रिटिश काउन्सिल र टर्किस एयरलाइन्स बीचको महत्वपूर्ण सहकार्यलाई दर्शाउँछ, जसले पुरस्कार प्रस्तावहरू र IELTS परीक्षार्थी लिनेहरूको लागि अनुभवलाई थप समृद्ध बनाउँछ,” काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    सो अभियानमा सहभागी हुनको लागि ब्रिटिश काउन्सिलमा IELTS बुक गर्न र भुक्तानी गर्न आवश्यक छ। यो अफर अक्टोबर २०२४ देखि सुरु हुने कुनै पनि परीक्षा मितिहरूको लागि २६ सेप्टेम्बर र ३० नोभेम्बरको बीचमा भुक्तानी गरिएका सबै पेपर र कम्प्युटर रेजिस्ट्रेसन क्ष्भ्ीत्क् को लागि मान्य हुनेछ। यस अफरको बारेमा थप जानकारीको लागि दष्त।थिरघच्द्यधलत्रल हेर्नुहोस्।

    कार्यक्रममा काठमाडौंस्थित बेलायती दूतावासका राजनीतिक प्रमुख म्याट वाल्टर्सले भने, “२०० वर्ष भन्दा बढीको साझेदारीमा नेपाल र संयुक्त अधिराज्य बीचको सम्बन्ध वास्तवमै असाधारण छ । शिक्षाले विशेष गरी युवाहरूमाझ गहिरो मित्रता बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ । अंग्रेजी भाषाले यहाँ र विदेशमा धेरै अवसरहरूको ढोका खोल्छ र संयुक्त अधिराज्य हाम्रा विश्व प्रसिद्ध संस्थाहरू र योग्यताहरूमा गर्व गर्दछ । हामी नेपाली विद्यार्थीहरूले संयुक्त अधिराज्य छनोट गरेकोमा पनि गर्व गर्छौं, जसमध्ये धेरैले अर्थतन्त्रको विकासमा मद्दत गर्न बहुमूल्य सीप लिएर फर्कन्छन् ।”  

    उक्त अवसरमा दक्षिण एसिया शिक्षा निर्देशक/नेपालका कार्यवाहक देशीय निर्देशक साल्भाडोर लोपेज कार्बाजलले भने, “परीक्षा र मूल्याङ्कनमा उत्कृष्टताका लागि परिचित संस्था ब्रिटिश काउन्सिलको प्रतिनिधित्व गर्न पाउनु सम्मानको कुरा हो । हामीले वर्षौंदेखि निर्माण गरेको विश्वास IELTS जस्ता परीक्षाहरू व्यवस्थापन गर्ने मात्र नभइ युवाहरूलाई सफल हुने उपकरणहरू प्रदान गरेर जीवन परिवर्तन गर्नु पनि हो । हामीले औपचारिक शिक्षा, व्यावसायिक तालिम र कला तथा संस्कृतिको अभिवृद्धिमा केन्द्रित भएर ६५ वर्षभन्दा बढी समयदेखि नेपाललाई निरन्तर साथ दिइरहेका छौँ, सरकार र हाम्रा साझेदारहरूसँगको सहकार्यले नेपाली युवालाई भविष्यका चुनौतीहरू सम्बोधन गर्न, उनीहरूको समुदायमा योगदान गर्न र नेपालको विकास लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्ने अवसरहरू सिर्जना गर्न सक्षम बनाउँछ ।”

    देशीय परीक्षा निर्देशक, ब्रिटिश काउन्सिल नेपालका प्रतिष्ठा थापा रायमाझीले कार्यक्रममा उत्साह व्यक्त गर्दै भनिन्– “उत्कृष्ट प्रदर्शन र ब्रिटिश काउन्सिलप्रतिको योगदानलाई सम्मान गर्ने उत्सवको साँझमा हाम्रा सबै साझेदारहरू र सरोकारवालाहरूलाई एकसाथ ल्याउन पाउँदा हामी अत्यन्त हर्षित छौँ । नेपालका युवालाई सशक्तिकरण गर्ने उनीहरूको प्रतिबद्धताले रूपान्तरणका अवसरहरूको ढोका खोल्छ र हामी मिलेर उज्ज्वल भविष्य निर्माण गरिरहेका छौँ ।”
    कार्यक्रममा विभिन्न विधामा जम्मा २९ वटा पुरस्कारहरू प्रदान गरिएको थियो । उत्कृष्ट प्रदर्शन गर्ने संस्था भ्ऋब्ल् थियो र उत्कृष्ट प्रदर्शन गर्ने संस्थान (प्लाटिनम पार्टनर) अर्बिट मेडिकल इन्ट्रान्स प्रा. लि. थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार