images
images

दुई दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२४’ आयोजना हुदैँ, सातै प्रदेशका स्टार्टअपहरू सहभागी

दुई दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२४’ आयोजना हुदैँ, सातै प्रदेशका स्टार्टअपहरू सहभागी

बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • दुई दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२४’ आयोजना हुदैँ, सातै प्रदेशका स्टार्टअपहरू सहभागी
    images
    images

    काठमाडौँ / देशैभरीका डिजिटल स्टार्टअपहरूको सहभागितामा काठमाडौँमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुदैँछ। लिभिङ विथ आइसिटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढि स्टर्टाअप र इन्नोभेसनहरुको प्रदर्शनी रहने छ। 

    यहि कार्तिक २९ र ३० गते काठमाडौँ बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा ठूलो संख्यामा डिजिटल स्टार्टअप र इन्नोभेसनहरूको सहभागिता रहनेछ। 

    आइसिटी अवार्ड २०२४ को प्रि–इभेन्टको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियरर्स भ्लग्सको सहकार्य रहेको छ। 

    यस फेस्टमा आइसिटी अवार्ड २०२४ को प्रतिस्प्रधाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरुको शोकेस गर्नेछन्। 

    यसैगरी आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढि स्टार्टअपहरुको पनि यस कार्यक्रममा सहभागिता रहनेछ । यसैगरी सह आयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरु सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्पर्धा गराउनेछ । 

    स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केहि नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवद्धन गर्न आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । 

    यस कार्यक्रम मार्फत सरकार, इकोसिस्टम विकासमा योगदान दिने सस्था र सरोकारवालासँगै लगानी र सहयोग गर्न चाहनेहरुलाई सहकार्यको लागि आयोजकले आब्ह्वान गरेको छ । 

    आइडिया र प्रडक्टमा लगानी गर्न इच्छुक भिसीहरुको लागि फेस्टमा नेटवर्किङको व्यवस्था पनि गरिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ । 

    प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डको रुपमा स्थापित आइसिटी अवार्डको प्रि इभेन्टको रुपमा आयोजना हुने स्टार्टअप फेस्ट नेपालकै ठुलो स्टार्टअप प्रवद्धनात्मक कार्यक्रमको रुपमा स्थापित भएको छ । यस कार्यक्रममा प्रर्दर्शनीमा सहभागी हुन अवलोकनकर्ताले कुनै शुल्क तिर्नुपर्दैन । 

    विभिन्न विद्यालय र कलेजहरुबाट अवलोकनको लागि आउने विद्यार्थीहरुको लागि थप सहजिकरण गरिने आयोजकले जानकारी दिएको छ। दुई दिने प्रदर्शनीसँगै काठमाडौँ बाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरू सञ्चालन हुनेछ।

    किङ्स कलेजको सहकार्यमा बुटक्याम्प, एमआइटी कलेजको सहकार्यमा मेन्टरिङ सेसन, सेडर गेट र एफवान सफ्टसँगको सहकार्यमा इन्डस्ट्री भिजिटका विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन्। 

    यी सबै कार्यक्रममा सहभागिताको लागि स्टार्टअपहरुले कुनै शुल्क तिर्नु पर्दैन । सातै प्रदेशका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिनेछ।
     
    आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालनमा छ । 

    विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसनहरुले पनि यस कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न सक्नेछन्। 

    अवलोकनकर्ताले आफुलाई मन परेका स्टार्टअप र प्रडक्टलाइ भोट पनि गर्न सक्नेछन् । आइसिटी अवार्डका विभिन्न अन्य १० विधामा दोश्रो चरणको छनौट प्रकृया जारी छ । 

    छनौट प्रकृयाको लागि १७ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ । नेपाल वाहिरका स्टार्टअपहरूको लागि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि आयोजना हुनेछ । 

    नेपालको सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको नवौं सस्करण पुस ५ गते आयोजना हुनेछ। स्टार्टअप एण्ड आइडिया फेस्टसँगै अवार्डको लागि दर्जनौ प्रि-इभेन्टहरू सञ्चालन हुनेछन्। 

    कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमको रूपमा टेलिभिजन सिरिजहरू प्रशारण गर्नेछ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार