images
images

देशभर पश्चिमी वायुको प्रभाव : शनिबारसम्म कहाँ कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

देशभर पश्चिमी वायुको प्रभाव : शनिबारसम्म कहाँ कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • देशभर पश्चिमी वायुको प्रभाव : शनिबारसम्म कहाँ कहाँ छ बर्षा र हिमपातको सम्भावना ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।   

    बिहीबार कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    शुक्रबार कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    शनिबार कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    बर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले जनाएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार