images
images

सेयर बजार : नेप्से परिसूचक १५.९३ अङ्कले घट्यो, कारोबार रकम ८ अर्ब ३६ करोड

सेयर बजार : नेप्से परिसूचक १५.९३ अङ्कले घट्यो, कारोबार रकम ८ अर्ब ३६ करोड

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • सेयर बजार : नेप्से परिसूचक १५.९३ अङ्कले घट्यो, कारोबार रकम ८ अर्ब ३६ करोड
    images
    images

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अङ्कले घटेको छ । बुधबार घटेर २ हजार ७५० बिन्दुमा झरेको नेप्से परिसूचक बिहीबार १५.९३ अङ्कले घटेर २ हजार ७ सय ३४.९३ बिन्दुमा झरेको हो । 

    नेप्सेसँगै आज पनि कारोबार रकम पनि घटेको छ । बुधबार ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स आज ५.०२ अङ्कले घटेर ४६४.०१ बिन्दुमा झरेको छ ।

    बिहीबार ३०७ स्टकको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर ८७ हजार ४७६ पटकमा खरिद बिक्री भएको छ । 
    यो दिन बजार पुँजीकरण रकम ४५ खर्ब ३६ अर्ब ४४ करोड कायम भएको छ । 

    बिहीबार १३ ओटा उपसमूहमध्ये २ ओटा समूहको परिसूचक मात्रै बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । यो दिन व्यापारिक समूहको परिसूचक ३.६७ प्रतिशतले बढेको छ भने जीवन बिमा समूहको परिसूचक ०.८० प्रतिशतले बढेको छ ।

    आज सबैभन्दा बढी होटल्स तथा पर्यटन समूहको परिसूचक ३.६३ प्रतिशतले घटेको छ भने वित्त समूहको परिसूचक २.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.२८ प्रतिशत, लघुवित्त समूहको १.१४ प्रतिशत र विकास बैंक समूहको परिसूचक १.०८ प्रतिशतले घटेको छ । 

    यो दिन खानीखोला हाइड्रो पावरको सेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ भने सुपरमादी हाइड्रो पावरको सेयर मूल्य ९.९५ प्रतिशतले बृद्धि भएको छ । 

    यता, सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ८.३७ प्रतिशत र नेपाल फाइनान्सको सेयर मूल्य ७.१५ प्रतिशतले घटेको छ । 

    आजको कारोबार रकममा सबैभन्दा बढी हिस्सा नेपाल फाइनान्सको रहेको छ । नेपाल फाइनान्सको सेयर कारोबार रकम ४२ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २९ करोड ३ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार