नोबेल पुरस्कार समितिका सदस्य र नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीबीच संवाद

नोबेल पुरस्कार समितिका सदस्य र नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीबीच संवाद

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • नोबेल पुरस्कार समितिका सदस्य र नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीबीच संवाद
    images
    images

    नोबेल समितिले सन् २०२३ को शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीसँग उनी पुरस्कृत भएपछि पहिलो पटक प्रत्यक्ष कुराकानी गरेको छ ।

    images
    images

    समितिले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो कलको क्लिपअनुसार मोहम्मदीले आफु पुरस्कृत भएको जानकारी प्राप्त गरेपछि इभिन जेलको महिला वार्डमा रहेका कैदीले ‘वुमन लाइफ फ्रिडम’ को नारा लगाएर पुरस्कार समितिप्रति कृतज्ञता व्यक्त गरेको स्मरण गरेको बताएका छन् ।

    “मेरो एक जना सँगी कैदीले जेलको पुरुष वार्डमा रहेका आफ्ना पतिलाई फोन गर्न सफल भएको र उहाँबाट आफुलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको अविश्वसनीय समाचारलाई पुष्टि गर्ने मौका मिलेको थियो,” पुरस्कृत भएको थाहा पाउँदाको क्षणबार उनले स्मरण गरे ।

    इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डविरुद्ध वकालत गरेको आरोपमा ५२ वर्षीया मोहम्मदी सन् २०२१ को नोभेम्बरदेखि जेल जीवन बिताउँदै आएको छ । 

    उनलाई उपचारका लागि अस्थायी रूपमा जेलबाट बाहिर निस्कन दिइएको हो । उनले जेल प्रशासनको शर्त अनुसार उपचारपछि उनी पुनः जेल फिर्ता हुनुपर्छ ।

    इरानमा मानव अधिकारका लागि अभियान चलाएबापत गत वर्षको नोबेल शान्ति पुरस्कार जितेपछि मोहम्मदीका दुई सन्तानले उनको तर्फबाट यो पुरस्कार प्राप्त गरेको थियो ।

    हाडको शल्यक्रिया पछि स्वास्थ्यको कारण देखाउँदै उनलाई बुधबार तीन हप्ताका लागि जेलबाट रिहा गरिएको थियो ।

    मोहम्मदीका समर्थकहरूले यसलाई अपर्याप्त भन्दै उनको बिनासर्त स्थायी रिहाइका लागि दबाब दिएका छन् । रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com