images
images

नेप्से परिसूचक २७ सयको बिन्दुमा उक्लियो, बैंकिङ समूहमा किन झुम्मिए लगानीकर्ता ?

नेप्से परिसूचक २७ सयको बिन्दुमा उक्लियो, बैंकिङ समूहमा किन झुम्मिए लगानीकर्ता ?

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३६ करोड १५ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • नेप्से परिसूचक २७ सयको बिन्दुमा उक्लियो, बैंकिङ समूहमा किन झुम्मिए लगानीकर्ता ?
    images
    images

    काठमाडौँ / निरन्तर ६ कारोबार दिन घटेको सेयर बजारमा आज बुधबार भने हरियाली छाएको छ । लगानीकर्ताहरूको आकर्षण बैंकिङ समूहमा बढेका कारण यो दिन नेप्से परिसूचक ४५.८८ अङ्कले बढेर २ हजार ७ सय १५.७१ बिन्दुमा उक्लिएको हो । 

    अघिल्लो कारोबार दिन मङ्गलबार नेप्से परिसूचक ६.३२ अङ्कले घटेर २ हजार ६६९.८२ बिन्दुमा झरेको बजार बुधबार उकालो लागेको हो । 

    बैंक तथा वित्तीय संस्थाहरूले लाभांश घोषणा गर्ने सिजन चलिरहेको कारण बैंकिङ समूहमा लगानीकर्ताहरूको आकर्षण बढेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ९.७५ अङ्कले घटेर ४६४.६६ बिन्दुमा पुगेको छ । 

    नेप्सेसँगै कारोबार रकम पनि आज बढेको छ । यो दिन ५ अर्ब ५ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मङ्गलबार भने ४ अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

    यस दिन न्यादी हाइड्रो पावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ भने कुथेली बुखारी स्मल हाइड्रो पावरको सेयर मूल्य समेत ९.६२ प्रतिशतले बढेको छ । 

    त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ८.८१ प्रतिशतले र माथिल्लो मैलुङखोला जलविद्युतको सेयरमूल्य ८.५१ प्रतिशत बढेको छ ।

    कारोबारमा आएको खानीखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढी ९.९९ प्रतिशतले घटेको छ ।

    त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ८.२२ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६.३० प्रतिशत र महिला लघुवित्तको सेयर मूल्य ६.२७ प्रतिशतले घटेको छ । 

    कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३६ करोड १५ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। 

    यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्डको परिसूचक ०.३४ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । 

    यस दिन सर्वाधिक बढी बैंकिङ समूहको परिसूचक ३.४३ प्रतिशतले बढेको छ भने हाइड्रो पावर १.९६ प्रतिशत, वित्त समूह १.८३ प्रतिशत, विकास बैंक समूहको १.६३ प्रतिशत, जीवन बिमाको १.०७ प्रतिशत, व्यापारिक समूह १.५६ प्रतिशत र होटल्स तथा पर्यटन समूहको परिसूचक १.०५ प्रतिशतले बढेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार