images
images

जग्गा तथा आवास मुनाफाको व्यवसाय मात्रै होइन, देश निर्माणको अभियान हो - अर्थमन्त्री पौडेल

जग्गा तथा आवास मुनाफाको व्यवसाय मात्रै होइन, देश निर्माणको अभियान हो - अर्थमन्त्री पौडेल

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • जग्गा तथा आवास मुनाफाको व्यवसाय मात्रै होइन, देश निर्माणको अभियान हो - अर्थमन्त्री पौडेल
    images
    images

    काठमाडौँ / अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र बुझ्न नहुने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभालाई सम्बोधन गर्दै उनले, जग्गा तथा आवासको विषयलाई राष्ट्र निर्माणको एउटा महाअभियानको महत्त्वपूर्ण अङ्गको रूपमा बुझ्नलाई आग्रह गरेका हुन् । 

    उनले भने, “जग्गा तथा आवासको विषयलाई निरपेक्ष रूपमा व्यवसायको मात्र अर्थमा बुझ्नु हुँदैन् । यो राष्ट्र निर्माणको एउटा महाअभियानको महत्वपूर्ण अङ्ग हो । महत्वपूर्ण कडि हो भन्ने राख्दछु । त्यसैले मुनाफाको लागि व्यवसाय मात्र नभएर देश निर्माणको अभियानमा योगदान गर्ने व्यवसायीको रूपमा म सम्मान गर्न चाहन्छु ।”

    उनले अनुमति प्राप्त कम्पनिबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ । त्यो ऐनको कार्यान्वयनको लागि सरकारले पहल गर्ने पनि प्रतिबद्धता जनाए । 

    उनले भने, “अनुमति प्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ । त्यो ऐनको कार्यान्वयनको लागि नियमावली बन्नु प-यो । र यो छिटो कार्यान्वयनमा आउनुप¥यो भन्ने माग छ । यसतर्फ सरकारको ध्यान जाने छ ।”

    अर्थमन्त्री पौडेलले पछिल्लो दिनहरूमा घर जग्गा कारोबारमा आएको संकुचनलाई अन्त्य गर्ने पहलमा सरकार रहेको बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार