images
images

हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्ने प्रधानमन्त्रीको सङ्कल्प

हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्ने प्रधानमन्त्रीको सङ्कल्प

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्ने प्रधानमन्त्रीको सङ्कल्प
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरूको मूल मन्त्र भएको बताएका छन् ।

    नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला–राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

    नेकपा (एमाले) का अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र खासगरी सबै महिला समुदायको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको बताउदै हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गरेरै छाडिने सङ्कल्प गरे ।

    प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै  आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र सस्कृतिलाई  आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार