images
images

सीएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न, उद्यमीका लागि देशमै अवसर

सीएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न, उद्यमीका लागि देशमै अवसर

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • सीएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न, उद्यमीका लागि देशमै अवसर
    images
    images

    काठमाडौँ / नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत वहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ । 

    सो अवसरमा सुदृढ नेतृत्व र नीतिगत वहसमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेसँग छलफल गरिएको थियो ।

    छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपालको बदलिदो व्यवसायिक परिवेशलाई सहज बनाउन कुशल नेतृत्व आवश्यक रहेको बताए । 

    उनले युवा उद्यमीहरूको नवप्रवर्तनशील सोच र दृढताले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

    मुलुकमा उद्यमीहरूका लागि धेरै अवसर रहेको बताउँदै उनले त्यसको पहिचान गरी अगाडि बढ्न युवा उद्यमीहरूलाई सुझाव दिए । 

    स्पष्ट दृष्टिकोण र योजनाका साथ अगाडि बढ्दा व्यवसायिक जीवनमा सफलता हासिल हुने उनले बताए । 

    परिसंघका निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवालले व्यवसायिक एवं संस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने अनुभव सुनाउँदै सफल हुन दृढतापूर्वक आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । 

    विद्यमान अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि उद्यमीका लागि देशभित्र राम्रो अवसर रहेको उनले बताए । 

    परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज युवा नेतृत्व भविष्यका लागि मात्र नभई परिवर्तनको वर्तमान चालक पनि भएको बताए । 

    उनले व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधारमा आवश्यक रहेको र परिसंघका त्यसका लागि निरन्तर काम गरिरहेको जानकारी दिए ।

    सीएन आईवाईईएफका अध्यक्ष आशिष अग्रवालले कुशल नेतृत्वकर्ताहरूको अनुभव, भोगाई र सिकाई युवा उद्यमीहरूका लागि महत्वपूर्ण भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।

    सन् २००५ मा स्थापित सीएनआईवाईईएफले उद्यमीहरूको प्रबद्र्धनका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आईरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार