images
images

एनएमबि बैंक र युएसएआइडिद्वारा पोखराका पर्यटन उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता

एनएमबि बैंक र युएसएआइडिद्वारा पोखराका पर्यटन उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता

बुधवार, पुस ३ २०८१
बुधवार, पुस ३ २०८१
  • एनएमबि बैंक र युएसएआइडिद्वारा पोखराका पर्यटन उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता
    images
    images

    काठमाडौँ / एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआइडि)सँगको सहकार्यमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । 

    बैंकले पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

    एनएमबि क्युआर लोनको जानकारी लगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रमकेन्द्रित थियो । 

    सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ८० भन्दा बढी उद्यमीहरू सहभागी भई सक्रिय रूपमा छलफलमा संलग्न थिए ।आगामी दिनमा बैंकले अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार