काठमाडौँ / हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
कोशी प्रदेशमा मङ्गलबार हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी प्रदेशमा भोलि बुधबार पनि हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । यसैगरी, बिहीबार हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
यसैगरी, मधेश प्रदेशको तराई क्षेत्रमा आज आंशिकदेखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति भने मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै, बुधबार र बिहीबार भने तराई प्रदेशको मौसम सफा रहनेछ ।
यसैगरी, बागमती प्रदेशमा आज मङ्गलबार हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार र बिहीबार पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
त्यस्तै, मङ्गलबार र बुधबार गण्डकी प्रदेशमा हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबार भने गण्डकी प्रदेशमा हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज र भोलि लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही एक( दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आज आंशिक बदली देखि मुख्यतया सफा रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार र बिहीबार भने यो प्रदेशको हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा आज हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
बुधबार र बिहीबार भने यो प्रदेशमा हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
आज गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।