images
images

ओलीसँग घाम ताप्न सातबुँदे सहमति गरिएकोे होईन – कांग्रेस नेता धनराज गुरुङ

ओलीसँग घाम ताप्न सातबुँदे सहमति गरिएकोे होईन – कांग्रेस नेता धनराज गुरुङ

आइतवार, पुस २८ २०८१
आइतवार, पुस २८ २०८१
  • ओलीसँग घाम ताप्न सातबुँदे सहमति गरिएकोे होईन – कांग्रेस नेता धनराज गुरुङ
    images
    images

    देशमा देखिएको आर्थिक संकट मोचनका लागि नेपाली काङ्ग्रेस र एमाले बीच सात बुँदे सहमति भएको नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । 

    पूर्वमन्त्री समेत रहेका गुरुङले नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको बिराटनगरमा चलेको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।  

    उनले भने, घाम ताप्न सातबुँदे सहमति भएको होइनू । घाम ताप्न नभई अहिलेको संकट मोचनको लागि सात बुदे सहमति भएको हो  तर, सात बुँदे सहमतिमा चन्द्र ग्रहण लाग्न दिन नहुने उनले बताए । 

    संविधान संसोधनपछि बाँकी रहेका काम सकिने भन्दै सांसद गुरुङले संविधान संसोधनको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए । 

    रगतको खोलो बगाएर आएको प्रजातन्त्र धनको खोलाले बग्ने स्थिति बन्न नहुनेतर्फ सचेत गराउदै सांसद गुरुङले त्यसको लागि संविधान संसोधन अपरिहार्य रहेको बताए । 

    अर्को पार्टीको झण्डा बोक्दैमा कोहि दुश्मन नहुने तर्क गर्दै उनले गरे । नेपालीको दुश्मन गरिबी,अभाव, भ्रष्टाचार, बेथिति रहेको तर्क गरे । 
     

    हाम्रो दुश्मन बेथिति, अराजक, भ्रष्टाचार हो, फरक झण्डा बोक्ने होइन, त्यसैले एक पार्टीले अर्को पार्टीलाई गाली गर्नुको कुनै औचित्य छैन,हामी सबै मिलेर हाम्रो दुश्मन विरुद्ध लड्नु पर्छ। 

    प्रजातन्त्र सेनानीको अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले प्रजातन्त्रको लागि लड्दा जिब्रोमा करेन्टको सजाय भोग्नु परेका पार्टी सभापति शेरबहादुर देउवासँग धेरै कुरा सिक्न सकिने तर्क राखे । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार