काठमाडौँ / गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २३ औँ वार्षिक साधारण सभा हरिहर भवन, ललितपुरमा पुस २८ गते आइतबार सम्पन्न भएको हो । सो सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले आ.ब. २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरे ।
हाल संस्थाको कूल निक्षेप ८ अर्ब ३५ करोड रुपैयाँ र कर्जा ५ अर्ब ८४ करोड रहेको छ । संस्थाले हाल चिप बेस्ड डेबिट कार्ड, एसएमएस अलार्ट, इन्टरनेट बैंकिङ, इसीसी, मोवाइल बैंकिङ, सेफ डिपोजिट लकर, टप अप सुविधा, रेमिट्यान्स, डिपी, सि-आस्वा सेवा, क्यूआर टेलरलगायतका सेवाहरू प्रदान गर्नुका साथै व्यक्तिगत खाताको हकमा ५ लाख रुपैयाँसम्मको निक्षेप बिमाको समेतको व्यवस्था गरेको छ ।
राष्ट्रियस्तरको यस वित्तीय संस्थाले राज्यभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ भने कारोबार विस्तारको लागि निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।