images
images

पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव : भोलिसम्म कस्तो रहला देशभरको मौसम ?

पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव : भोलिसम्म कस्तो रहला देशभरको मौसम ?

सोमवार, पुस २९ २०८१
सोमवार, पुस २९ २०८१
  • पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव : भोलिसम्म कस्तो रहला देशभरको मौसम ?
    images
    images

    काठमाडौँ / देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ।

    आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    भोलि माघ १ गते मङ्गलबार कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार