काठमाडौँ / नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै, सोमबार भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ८६० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूलयमा कारोवार भैइरहेको छ ।