आज विक्रम संवत २०८१ साल, माघ ३ गते, बिहीबार । ईश्वी सन् २०२५ जनवरी १६ तारिख । नेपाल संवत् ११४५ । माघ कृष्णपक्ष तृतीया तिथि। अश्लेषा नक्षत्र, १२ः०८ बजेपछि मघा। चन्द्रराशि कर्कट, १२ः०८ बजेपछि सिंह। आज कुन राशी हुनेको आर्थिक लाभको अवस्था कस्तो रहला ? हेर्नुस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लगनशीलताले मात्रै उपलब्धि बनाउने दिन छ । काम बनाउन केही समय लाग्नेछ। मध्याह्नपछि केही अप्ठ्यारा समस्या सुल्झाउन जुट्नुपर्ला। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। उपलब्धि प्राप्त गर्न केही समय पर्खिनु पर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसर भए पनि चिताएको काम गर्न चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रयत्न गर्दा रोकिएको योजना पूर्ण हुनेछ। विवादास्पद कामको जिम्मेवारी समेत सजिलै वहन गर्न सकिनेछ। मिहिनेतको फल चित्त बुझ्दो नआए पनि हिम्मतले काम लिन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोलीको प्रभाव बढ्नाले नयाँ अवसर प्राप्त हुनेछ। धनलाभ पनि हुनेछ। महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। हिम्मतले दिगो काम सुरु गर्न सकिनेछ। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिर्घकालिन लाभ हुने काम सुरु गर्न सकिनेछ । मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा लगानी थप्नुपर्ने अवस्था आउला । कर्जा बढ्नेछ । अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मध्याह्नपछि नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतीहरूका लागि समय फलदायी हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात पर्ने समय छ । आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ। सरसापट लिनुपर्ने हुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण काम आइपर्ला । यद्यपि, भविष्यका लागि दिगो फाइदा हुने काम सुरु गर्ने समय छ । मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ भने उठ्नुपर्ने रकम हात पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेका काम बिहानै गर्नु उत्तम हुनेछ । मध्याह्नदेखि अलमल बढ्नेछ भने कामको नतिजा कमजोर रहनेछ। विवादास्पद जिम्मेवारी आउला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। कुनै पनि काम ढिलोगरी बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नतिजा कमजोर देखिनाले कुनै पनि काम दोहोर्याएर गर्नुपर्ला । मध्याह्नपछि नयाँ काम गर्ने अवसर जुट्नेछ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व लिने अवसर छ । दिगो फाइदा हुने काम सुरु गर्ने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चिताएको काम बिहानै गर्दा उत्तम हुनेछ । व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। मध्याह्नपछि लाभांश हात पर्ने समय छ । यद्यपि, कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सम्भावना देखिए पनि प्रतिस्पर्धाका कारण उपलब्धिमा बाधा पर्नेछ । मध्याह्नपछि मिहिनेतको फल हात लाग्ला । आयस्रोत बढ्नेछ भने श्रमको मूल्याङ्कन हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ भने सञ्चय पनि गर्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
महत्त्वपूर्ण काम बिहानै गर्नु उत्तम हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । मध्याह्नदेखि सामान्य काममा पनि समय लाग्ला । आशा गरेअनुसार नतिजा नआउन सक्छ । अस्वस्थताले व्यवसायमा पनि बाधा पुर्याउन सक्छ।