काठमाडौँ / नगदरहित अर्थतन्त्रको परिकल्पनाका साथ सुरु भएको इसेवा १६औँ वर्षमा प्रवेश गरेको छ । वित्तीय प्रविधिमा नवीनतम सेवाहरू थप गर्दै जाने र उत्कृष्टताका लागि कार्यरत रहने प्रतिवद्धताका साथ कम्पनीले आफ्नो १६ औँ वार्षिकोत्सव मनाएको हो।
इसेवाले सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको हो । ‘सबैका लागि सँधै र सँगै अर्थतन्त्रको लागि’ भन्ने सिद्धान्तका सेवा प्रवाह गरिरहेको इसेवाले लाखौँ मानिसहरूलाई सहज वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
नेपालमा वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण भूमिका पनि निर्वाह गरिरहेको यो कम्पनीले मोबाइल टपअपबाट सेवा सुरु गरेको थियो ।
हाल इसेवाले इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, शेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नविकरण, इन्सोरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानीका साथै इजी लोन, इस्पिकर, मर्चेन्ट लिङक जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।
लाइनबाट अनलाइनसम्मको यात्रा तय गरेको इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन् । करिब १ करोड कुल प्रयोगकर्ता भएको इसेवा गत वर्ष प्ले स्टोरमा १० लाखभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट भएको थियो ।
त्यस्तै, इसेवाको २ लाख ६८ हजार भन्दा बढी एजेन्ट र ४ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू छन् ।
इसेवाले आगामी दिनहरूमा आफ्नो सेवाहरू विस्तार गर्ने योजनाहरू अनुरुप प्रयोगकर्ताहरूको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ फिचरहरू ल्याएको इसेवाका कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् । साथै उनले तिनको स्तरोन्नतिसमेत कार्यरत रहने प्रतिवद्धता रहेको बताए ।
सोही क्रममा इसेवाले हालसालै ल्याएको नयाँ फिचर Finance360, यसको साथ ग्राहकहरूले प्रत्येक विधामा भएको आफ्नो खर्चको विवरणहरू हेर्न सकिन्छ । यो फिचरमा कुन कार्यमा के कति खर्च भयो, कुल समयमा कुल खर्च कति भयो हेर्नुका साथै आफ्नो मासिक खर्चको लागि बजेट पनि निर्धारण गर्ने जस्ता विशेषताहरू छन् ।
उक्त फिचरको साथ इसेवा प्रोगकर्ताहरूलाईआफ्नो खर्च व्यवस्थापन गर्न र न्यूनीकरणमासमेत मद्दत पुग्ने कुरामा प्रमुख कार्यकारी अधिकृत खड्काले जोड दिएका छन् । त्यस्तै, इसेवाले ग्राहकहरूको दैनिक वित्तीय व्यवस्थापन सहजताका लागि इसेवा क्यालेन्डर सुविधा पनि ल्याएको छ।
उक्त सेवाअन्तर्गत इसेवा क्यालेन्डरमा आफ्नो भुक्तानीहरू अग्रिम टिपोट गरि राख्न सकिन्छ र इसेवा क्यान्डरमा गई सजिलै आफ्ना आर्थिक कारोबारहरू जाँच तथा व्यवस्थापन गर्न सकिन्छ । यसैगरि यस क्यालेन्डरमा इसेवामार्फत आफूले गरेको टिकट, होटल, फ्लाइट बुकिङ जस्ता कारोबारहरू पनि देखिने छ ।
योसँगै ग्राहकहरूले निश्चित समयमा नियमित गरि रहने बिजुली, खानेपानी जस्ता भुक्तानीहरू पनि यस क्यालेन्डरमा देखिने छ जसले गर्दा ग्राहकरूको कुनै पनि भुक्तानी तथा इभेन्टहरू छुट्ने छैन ।
यसका साथै इसेवा क्यालेन्डरमा ग्राहकहरूले आफ्नो तथा परिवारको जन्मदिन, एनिभरसरी, मिटिङ इत्यादी जस्ता व्यक्तिगत इभेन्टहरू पनि अग्रिम टिपोट गर्न सक्नेछन् । इसेवा क्यलेन्डर इसेवा एप भित्र रहने छ भने ग्राहकहरूको सहजताको लागि ग्राहकहरूले आफ्नो मोबाइलको विजिट (Widgets) मा पनि सेट गर्न मिल्नेछ ।
यी नयाँ सेवाहरूले ग्राहकहरूलाई थप सुविधाजनक वित्तीय सेवाहरू प्रदान गर्ने र आर्थिक उत्थानमा टेवा पुर्याएर वित्तीय सवामेशीकरणतर्फ सधैँ सबैलाई सँगै लिएर अगाडि बढ्ने कुरामासमेत विश्वास रहेको कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् ।