images
images

लुम्बिनी विकास बैंकद्वारा साहारा फुटबल एकेडेमीलाई २ लाख ४५ हजार सहयोग

लुम्बिनी विकास बैंकद्वारा साहारा फुटबल एकेडेमीलाई २ लाख ४५ हजार सहयोग

मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • लुम्बिनी विकास बैंकद्वारा साहारा फुटबल एकेडेमीलाई २ लाख ४५ हजार सहयोग
    images
    images

    काठमाडौँ / लुम्बिनी विकास बैंक लिमिटेडले साहारा फुटबल एकेडेमीलाई दिएको सहयोगलाई यस पटक पनि निरन्तरता दिएको छ । बैंकले उक्त सहयोगलाई निरन्तरता दिँदै एकेडेमीमा आश्रित विद्यार्थीहरूको समुन्नतिको लागि आर्थिक सहयोग स्वरूप २ लाख ४५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । 

    संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगत लामो समयदेखि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको पोखरा– १७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बैंकले सहयोग पुर्याउँदै आएको छ । 

    उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितीका सदस्य रामचन्द्र सिग्देल र अर्जुन थापाले संयुतm रुपमा साहारा फुटबल एकेडेमीका अध्यक्ष केशव राज वराललाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे । 

    उक्त अवसरमा सञ्चालक अर्जुन थापाज्यूले साहारा फुटबल एकेडेमीमा आश्रित विद्यार्थी बाल–बालिकाहरूलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । 
     
    साथै एकेडेमीले खेलकुदको उन्नतिको लागि निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोमा प्रशंशा समेत गरे । 

    लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष वरालले सहयोग रकम एकेडेमीमा आश्रित बाल–बालिकाहरूको खाजा र खानाका लागि खर्च गरिने बताए ।  

    कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरूका प्रवन्धकहरू, क्लबका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, उपाध्यक्ष चित्र बहादुर पुन, कोषाध्यक्ष विनु राना मगर, सह-कोषाध्यक्ष अशोक लालचन, पुर्व सह-कोषाध्यक्ष लिल बहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकाली र सल्लाहकार सुनिल गुरुङ लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

    एकेडेमीमा हाल ४० कठिन एवं विपन्न परिस्थितिका बालकहरू छन् । साहारा क्लब पोखराले उनीहरूको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।

    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । 

    यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार